
-केदार कटुवाल/ईमेज
उदयपुर । क्लोज सर्किट क्यामेरा (सीसी क्यामेरा) को तारबाट करेण्ट लाग्दा एक बालकको मृत्यु भएको छ ।
बेलका नगरपालिका– का आठ बर्षिय बालक सुमन बस्नेतको मृत्यु भएको हो ।
नगरपालिकाले जडान गरेको सीसी क्यामेरा रामपुर बजारको मुख्य क्षेत्र प्रहरी कार्यालय, नगरपालिका कार्यालय साथै अस्पताल रहेको सडक स्थलमा तार चुडिएको ६ घण्टापछि बालक करेण्टले मृत्यु भएको हो ।
चिसो पेय पदार्थ बोकेको मिनि ट्रकले ११ बजे तिरै तार चुडाएको स्थानीयले बताए ।
ईलाका प्रहरी कार्यलय रामपुरका अनुसार साँझ साढे ५ बजे विद्यालयबाट फर्किएका बस्नेतलार्इ करेण्ट लागेको हो ।
घाइते बालकलाई वीवी स्वास्थ्य प्रतिष्ठान भरान पठाइएको तर अस्पताल पुग्न साथ मृत घोषणा गरेको प्रहरीले बताएको छ ।
सीसी क्यामेराका मनिटरिङका लागि जडान गरिएको नगरपालिकाले जनाएको छ ।
त्यो समयमा विद्युत लाइन काटिएको भएपनि ब्याट्रि ब्याकअफ डिसिबाट करेण्ट लागेको हुनसक्ने विद्युत प्रधिकरण कार्यालय बेलटारले जनाएको छ ।
को १क ३५३९ नं को चिसो बोकेको मिनि ट्रक र चालक २७ बर्षिय दिप नारायण चौधरी ईलाका प्रहरी कार्यालय बेलटारको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको रामपुर प्रहरी ईन्चार्ज राचन्द्र साहले बताए ।
प्रतिक्रिया दिनुहोस्