कन्चनपुर, असोज ४ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि भएको आन्दोलनमा घाइते भएकाहरुको उपचारको माग गर्दै कन्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशीलकुमार वैद्यमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।
घटनाको १४ महिना बितिसक्दासमेत बलात्कारपछि हत्या गरिएकी निर्मलाले न्याय नपाएको र घाइतेहरुको उपचारमा सरकार गम्भीर नभएको भन्दै अधिकारकर्मीसहित नेपाली कांग्रेसले शनिबार प्रमुख जिल्ला अधिकारी वैद्यमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा सरकारले घाइतेप्रति दुर्व्यवहार गरेको, घाइतेहरुमा कुनै समस्या देखिए आजीवन उपचार गर्नुपर्ने र उनीहरुको जीवन निर्वाहका लागि मासिक भत्ताको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
प्रमुख जिल्ला आधिकारी वैद्यले प्रशासनको सम्पर्कमा आएका घाइतेहरुलाई सरकारले गएको वर्ष पठाएको ६ लाख रुपैयाँ विभिन्न चरणमा वितरण गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्