काठमाडौं, कात्तिक ९ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले महाभियोग प्रस्ताव नेपाली जनताको स्वाभिमानसँग जोडिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोगलाई समर्थन गर्नुपरेको बताएका छन् । प्रमुख आयुक्त कार्कीविरुद्ध सदनमा सुरु भएको महाभियोगमाथिको छलफलमा भाग लिँदै उनले भने–‘महाभियोगकाबारेमा सदनमा गम्भीर छलफल गर्नुपर्दछ, प्रमुख आयुक्त कार्कीको आचरणको विषयलाई दर्ता गरिएको प्रस्तावबारे छलफल गर्न…