काठमाडौं, कात्तिक १० । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच राजनीतिक मुद्दाहरुलगायतका विषयमा मिलेर जाने समझदारी भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपराह्न बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबीच व्यवस्थापिका–संसदमा प्रस्तुत् महाअभियोग प्रस्ताव, संविधान संशोधन तथा कार्यान्वयन र निर्वाचनको विषयमा मिलेर जाने समझदारी भएको दाबी गरिएको छ ।…