Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


कांग्रेस महाअभियोग प्रस्तावको विपक्षमा जानै सक्दैन : मन्त्री जोशी


0
Shares

विराटनगर, कात्तिक ९ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपाली कांग्रेस अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावको विपक्षमा जानै नसक्ने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङले मंगलबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले जनमतको उच्चसम्मान गर्ने भन्दै उचित समयमा उचित निर्णय लिने बताए ।

उनले कार्कीमाथि महाअभियोग लगाउने विषयले सत्ता समीकरणमा कुनै असर नपर्ने दाबी पनि गरे ।

Skip This