Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


दाहाल, देउवा र ओलीबीचको बैठकमा के भयो ? (भिडियोसहित)


0
Shares

काठमाडौं, कात्तिक १० । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच राजनीतिक मुद्दाहरुलगायतका विषयमा मिलेर जाने समझदारी भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपराह्न बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबीच व्यवस्थापिका–संसदमा प्रस्तुत् महाअभियोग प्रस्ताव, संविधान संशोधन तथा कार्यान्वयन र निर्वाचनको विषयमा मिलेर जाने समझदारी भएको दाबी गरिएको छ ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पहलमा भएको वार्तामा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

भिडियो हेर्नुहोस्

 

Skip This