काठमाडौं, कात्तिक १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि व्यवस्थापिका–संसदमा लगाइएको महाअभियोगको पक्षमा सबै दलहरु एकसाथ उभिनुपर्नेमा दलका नेताहरुले जोड दिएका छन् ।
बुधबार राजधानीमा आयोजित साक्षात्कारमा नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले अख्तियार प्रमुख कार्कीमाथि लगाइएको महाअभियोगलाई व्यक्तिविरुद्ध नभइ भ्रष्टाचार नियन्त्रणका लागि चालिएको अभियानको संज्ञा दिए ।
नेकपा एमालेका नेता योगेश भट्टराईले सविधानको सर्वोच्चता र जनताको सार्वभौमिकता स्थापना गर्न कार्कीविरुद्ध लगाइएको महाअभियोग सही बाटो भएको दाबी गरे ।
उनले कार्कीपछि विधिसम्मत् ढंगबाट बन्ने कुनैपनि अख्तियार प्रमुख एमालेलाई मान्य हुने जिकिर गर्दै उनले कुनैपनि दलका नेतामाथि जायज ढंगबाट छानबिन गरेमा कसैलाई आपत्ति नहुने बताए ।
यस्तै, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तत्कालीन अवस्थामा कांग्रेसले कार्कीलाई अख्तियार प्रमुख बनाउनु हुँदैनभन्दा पनि नमानेर उनैलाई अख्तियार प्रमुख बनाउने र अहिले महाअभियोग लगाउने दलप्रति पनि जनताको औंला तेर्सिने टिप्पणी गरे ।
मधेसी मोर्चाका लक्ष्मणलाल कर्णले भने महाअभियोग लगाउनेबेलामा दलहरुले कुनै सल्लाह नगरेको गुनासो गरे ।









प्रतिक्रिया दिनुहोस्