काठमाडौं, कात्तिक ९ । व्यवस्थापिका–संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको प्रस्तावमाथि मंगलबारदेखि छलफल सुरु भएको छ ।
गत बुधबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १ सय ५७ सांसदको हस्ताक्षरबाट संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।
प्रस्तावमाथि सांसदहरुले आ–आफ्ना धारणा राखिसकेपछि प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाइनेछ ।
समितिले कार्यप्रारम्भ गरेको ३० दिनभित्र प्रस्तावलाई सुझावसहित संसदमा पठाउनुपर्नेछ ।
सो अवधिमा समितिले अख्तियार प्रमुख कार्कीसँग बयान लिनुका साथै उनलाई आफूलाई निर्दोष सावित गर्ने मौका पनि दिइनेछ ।
लाइभ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्









प्रतिक्रिया दिनुहोस्