Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


संसदमा महाअभियोगको प्रस्तावमाथि आजबाट छलफल हुने


0
Shares

काठमाडौं, कात्तिक ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको प्रस्तावमाथि संसद्मा आज(मंगलबार)बाट छलफल सुरु हुँदैछ ।

संसद्को आज अपराह्न बस्ने बैठकमा कार्कीमाथिको महाअभियोगको प्रस्तावमाथि छलफल हुने कार्यसूची तय भएको छ ।

महाअभियोगको प्रस्तावको पक्षमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमालेले सहमति जनाइसकेका छन् ।

उनीहरुका सबै सांसदले कार्कीमाथिको महाअभियोगको प्रस्ताव पारित गर्नुपर्ने माग संसदमा राख्ने भएका छन् ।

तर सत्तारुढ दल नेपाली कांग्रेसले भने प्रस्तावका विषयमा औपचारिक धारणा सार्वजनिक गर्न सकिरहेको छैन ।

कांग्रेसका युवा नेताहरुले भने कार्कीविरुद्धको महाअभियोगको प्रस्तावको पक्षमा धारणाहरु सार्वजनिक गरिरहेका छन् ।

त्यसैगरी अन्य केही साना दलले पनि प्रस्तावको पक्षमा निर्णय गरिसकेका छन्

कार्कीविरुद्धको महाअभियोगको प्रस्तावका विषयमा संसद्मा सामान्य छलफलपछि थप अनुसन्धान गर्न महाअभियोग सिफारिस समितिमा पठाइने छ ।

समितिले कार्यप्रारम्भ गरेको ३० दिनभित्र संसद्मा अनुसन्धान प्रतिवेदन पठाउने छ ।

Skip This