फाइल फोटो
जनकपुरधाम, कात्तिक ९ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रिय एजेन्डालाई गौण बनाउनु देश र जनताविरूद्ध ठूलो षडयन्त्रको संकेत भएको बताएका छन् ।
जनकपुरधाममा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताउँदै ‘संविधान संशोधन र कार्यान्वयन गरी संविधानको रक्षातर्फ ध्यान केन्द्रित नभइ लोकमानसिंह कार्कीविरूद्धको महाअभियोग प्रस्तावमा देशलाई अल्झाउनु बिडम्बना हो’–भने ।
लोकमानसिंह कार्की कर्मचारी भएकाले कानुनी प्रक्रिया पुर्याइ कारबाही गर्नुपर्ने कुरालाई अनावश्यकरूपले राष्ट्रिय सवाल बनाउनु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको स्वार्थ भएको आरोप लगाउँदै उनले कार्कीको महाअभियोग प्रस्ताव सन्दर्भमा मधेसी मोर्चाको निर्णय यथाशीध्र सार्वजनिक हुने जानकारी दिए ।
एक प्रश्नको जवाफमा उनले ‘कार्कीलाई राख्ने, हटाउनेसँग आफ्नो कुनै सरोकार छैन भन्दै यही सवालको आवरणमा मूल सवाललाई छायाँमा राख्नु देश र जनतासँग बेइमानी र अन्याय हो’–भने ।
अध्यक्ष महतोले प्रधानमन्त्री संविधान संशोधनप्रति सकारात्मक भएपनि नेपाली कांग्रेसको सकारात्मक पहलमा कमी देखिएको धारणा राखे । रासस









प्रतिक्रिया दिनुहोस्