एमालेका उपाध्यक्ष बामदेव गौतमको निवास भैंसेपाटीमा जारी बैठकमा दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि आपसी सिट बाँडफाँटलाई टुंगो लगाउने तयारी भएको छ । एमालेका सचिव पृथ्वी सुब्बा गुरुङकाअनुसार दुई दलका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठकले सिट टुंगो लगाएपछि एमालेको स्थायी कमिटीले उम्मेदवारको चयनबारे निर्णय गर्नेछ । एमालेलाई ६० र माओवादी…