१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


वाम गठबन्धनको डटेर सामना गर्न कार्यकर्तालाई देउवाको निर्देशन


0
Shares

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल तरुण दलको ६४औं स्थापना दिवस कार्यक्रममा देउवाले चुनावमा वामपन्थी गठबन्धनको डटेर सामना गर्न कार्यकर्तालाई निर्देशन दिए ।

प्रजातन्त्रको रक्षाका लागि गाउँगाउँमा पुगेर चुनाव प्रचार अभियानलाई तीव्रता दिन निर्देशन दिँदै उनले एकताबद्ध भएर चुनावी अभियानमा जुट्न पार्टीपंक्तिलाई आग्रहसमेत गरे ।

कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले तरुणका लागि चुनाव अवसर र चुनौती दुवै भएको बताउँदै चुनाव कांग्रेसले जित्ने विश्वास व्यक्त गरे ।

आगामी सरकार कांग्रेसको हुने र कांग्रेसले नै देश समृद्ध बनाउनसक्ने दाबी उनको थियो ।