
शुक्रबार प्रेस सेन्टर नेपालद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले वाम तालमेलका कारण नअत्तालिन कांग्रेसलाई आग्रहसमेत गरे ।
वाम सहकार्यले कांग्रेसमासमेत सबै एक हुन सम्भव भएको उनको भनाइ थियो ।
अध्यक्ष दाहालले अब निर्वाचन हुनेमा आफूमा शंका नरहेको भन्दै शुक्रबारका विभिन्न घटनाक्रम र दलहरुको प्रतिबद्धताले शंका निवारण गरेको जिकिर गरे ।
उनले दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको मनोनयनपत्र दर्तासँगै बिनाविभागीय जिम्मेवारीमा रहेका आफ्नो पार्टीका मन्त्रीहरु सरकारबाट फिर्ता हुने पनि बताए ।
दाहालले चुनावपछि ५ वर्षसम्म मुलुकले स्थीर सरकार पाउने दाबी गरे ।
त्यसअघि, शुक्रबारै पोखरामा माओवादी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले वाम गठबन्धनका उम्मेदवारहरूलाई जिताउन इमान्दार भएर लाग्न कार्यकर्तालाई निर्देशन दिएका थिए ।
उनले वाम गठबन्धनको सिट बाँडफाँटको काम ९० प्रतिशत सकिएको भएको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्