प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाका निर्वाचित वडाध्यक्ष चेतराज भट्टलगायत माओवादी केन्द्रका विभिन्न निकायका पदाधिकारीलाई कांग्रेस सदस्य दिएर प्रवेश गराएका हुन् । कांग्रेसमा प्रवेश गरेका भट्ट गत स्थानीय चुनावमा माओवादी केन्द्रबाट गन्यापधुरा–४ बाट अध्यक्षमा निर्वाचित भएका थिए । उनी यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनको स्वकीय अधिकृतसमेत थिए । उनी…