चुनाव प्रचारप्रचारका क्रममा तल्लो डोल्पा पुगेका एमालेका कार्यकर्ता र माओवादी केन्द्रका स्थानीय कार्यकर्ताबीच कुटाकुट भएपछि मुड्केचुला गाउँपालिकाका युवा संघका अध्यक्ष रुद्र शाही गम्भीर घाइते भएका छन् । माओवादीका स्थानीय कार्यकर्ताले शाहीमाथि चिर्पट प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । अखिल क्रान्तिकारीका जिल्ला सदस्य टक्क शाहीले अध्यक्ष शाहीमाथि लुकेर आक्रमण गरेको एमाले डोल्पाको आरोप छ…