२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बालुवाटारमा वाम गठबन्धन र सहयोगी घटकका सांसदलाई चियापान


0
Shares

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज संयुक्त चियापान आयोजना गरी दुवै नेताले सांसदहरुलाई निर्देशन पनि दिए ।

कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सांसदहरुलाई जनताको काम इमान्दारितापूर्वक गर्न निर्देशन दिए । उनले भ्रष्टाचार र सुशासन सरकारको प्रमुख लक्ष्य भएको भन्दै भ्रष्टाचार गर्नेलाई अनुहार नहेरी कारबाही गर्ने प्रतिबद्धता दोहोर्‍याए ।

प्रधानमन्त्री ओलीले न्यायालयमा बेथिती बढेको भन्दै अब चाँडै समस्या समाधान हुने पनि बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आर्थिक समृद्धि अबको एकमात्र एजेण्डा भएको भन्दै सांसदहरुलाई त्यहीअनुरुप काम गर्न निर्देशन दिए । पार्टी एकता नरुचाउने तत्व सल्बलाउन थालेको भन्दै उनले त्यसप्रति आफूहरु सचेत भएको बताए ।

अध्यक्ष दाहालले जनप्रतिनिधिमाथि आक्रमण हुन थालेको भन्दै सरकार त्यसप्रति सचेत हुनुपर्ने बताए ।