२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


राष्ट्रियसभाको अध्यक्षमा एमालेका तिमिल्सिना निर्विरोध निर्वाचित


0
Shares

राष्ट्रियसभाको बुधबार संघीय संसद भवन नयाँबानेश्वरमा बसेको बैठकले तिमिल्सिनालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

ज्येष्ठ सदस्य तारादेवी भट्टले तिमिल्सिना निर्विरोध निर्वाचित भएको घोषणा गरेकी थिइन् ।

अध्यक्ष पदका लागि तिमिल्सिनाकोमात्र उम्मेदवारी परेको थियो ।

यसअघि, राष्ट्रियसभाको बैठकमा तिमिल्सिनाका प्रस्तावक सुमनराज प्याकुरेल र समर्थक दिनानाथ शर्माले बोलेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्ष उम्मेदवार नउठाएपछि तिमल्सिना निर्विरोध भएका हुन् ।

५९ सदस्यीय राष्ट्रियसभामा नेकपा एमालेका २७, नेपाली कांग्रेसका १३, नेकपा माओवादी केन्द्रका १२, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका दुई/दुई जना सांसद छन् । तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक व्यवस्था छ ।