कांग्रेसले उपसभामुखमा पुष्पा भुुसाललाई उम्मेदवार बनायो • Image Khabar Image Khabar


कांग्रेसले उपसभामुखमा पुष्पा भुुसाललाई उम्मेदवार बनायो


Imagekhabar
१ चैत्र २०७४, बिहीबार १३:२५

कांग्रेसले उपसभामुखमा पुष्पा भुुसाललाई उम्मेदवार बनायो

यसअघि, कांग्रेसले सभामुखमा भने पार्टीका तर्फबाट उम्मदेवारी दिएको थिएन ।

यही चैत २ गते हुने प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका लागि कांग्रेस पदाधिकारी बैठकले आज उनलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रतिनिधिसभा सदस्य भुसाल यसअघि पहिलो संविधानसभामा समेत निर्वाचित थिइन् ।

संघीय संसद् सचिवालयले भोलि चैत २ गते दिउँसो १ बजे उपसभामुखको निर्वाचनका लागि तय गरेको प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए ।

उपसभामुखको निर्वाचनका लागि आज बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।

प्रतिनिधिसभाका सभामुखको निर्वाचन गत फागुन २६ गते सम्पन्न भएको थियो । सभामुखमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भइसकेका छन् ।

संविधानको धारा ९१ मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो ।

त्यस्तै, सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने र दुवै पदमा फरक फरक दलको प्रतिनिधित्व हुनुपर्ने संवैधानिक प्रावधान छ । रासस

प्रतिक्रिया दिनुहोस्