२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता


0
Shares

प्रधानमन्त्री निवास बालुवाटरमा भएको सो भेटमा नेकपा एमाले र माओवादी केन्द्रबाट थप गरिने मन्त्रीका विषयमा छलफल भएको थियो ।

सरकारमा आउन इच्छुक संघीय समाजवादी फोरम नेपाललाई समेट्ने विषयमा पनि उनीहरुबीच छलफल भएको थियो । हालसम्म दुई चरणमा मन्त्रिमन्डल विस्तार भएपनि पूर्णता पाएको छैन ।

यही चैत २ मा हुने उपसभामुखको निर्वाचनका विषयमा पनि उनीहरुबीच छलफल भएको प्रधानमन्त्रीका सूचना प्रेषक रामशरण बजगाइँले जानकारी दिए ।

वाम गठबन्धनबीच एमालेले उपसभामुख पद लिने यसअघि समझदारी भएको थियो । रासस