२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


राष्ट्रपति भण्डारीले लिइन् शपथ


0
Shares

बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति भण्डारीलाई शपथग्रहण गराएका हुन् ।

भण्डारी दोस्रो कार्यकालका लागि मंगलबार राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरु उपस्थित थिए ।

राष्ट्रपति चयनका लागि मंगलबार भएको मतदानमा ३९ हजार २७५ मत प्राप्त गर्दै भण्डारी पुनः निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी उम्मेदवार कुमारी लक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गरेकी थिइन् ।