बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले यसअघिका निर्वाचनहरुमा उम्मेदवार हुने अवसर नपाएकालाई प्राथमिकतामा राखेर सिफारिस गर्न निर्देशन दिएको हो । बैठकले राष्ट्रियसभा निर्वाचन प्रभावित पार्न सरकार नै लागिपरेको आरोप लगाउँदै तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । बैठकले सरकार कामचलाउ भइसकेको अवस्थामा पनि नियुक्ति, सरुवा, दरबन्दी…