
काठमाडौं, असार ७ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन सरकारले गार्ड अफ अनर दिएको छ ।
भ्रमणको तेस्रो दिन चीनको ग्रेट हल अफ दि पिपुल्समा उनलाई गार्ड अफ अनर दिइएको हो । कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ पनि उपस्थित थिए ।
प्रधानमन्त्री ओलीलाई गार्ड अफ अरन दिइएपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो प्रतिनिधिमण्डललाई गरेको स्वागतप्रति धन्यवाद दिँदै द्वीपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउनेमा जोड दिएका छन् ।
बैठकपछि दुई देशबीच रेलमार्गसहित विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्