Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


प्रदेशसभा परिणाम सार्वजनिक गर्न ढिलाइ

राष्ट्रिय जनता पार्टीबाहेक सबै दलले क्लस्टर अनुसारको नाम आयोगमा पठाएका छन् । तर आयोगले परिणाम सार्वजनिक गर्न कानुनी जटिलता देखाउँदै आएको छ । निर्वाचन आयोगले परिणाम सार्वजनिक गरेको एक हप्ताभित्रै प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउनुपर्ने कानुनी व्यवस्था छ । सरकारले अहिलेसम्म प्रदेश प्रमुख नियुक्त नगरेकाले मतपरिणाम कहाँ बुझाउने भन्ने अन्योलका कारण सार्वजनिक नगरिएको जनाएको छ ।…