५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


कांग्रेसका जिल्ला सभापतिहरुको भेला हेटौंडामा शुरु


0
Shares

हेटौंडा, असार ५ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला आज हेटौंडामा सुरु हुँदैछ ।

गत वैशाखमा कांग्रेस केद्रीय समितिको बैठकले जिल्ला सभापति भेला र महासमिति बैठक गर्ने निर्णय गरेअनुसार हेटौंडामा भेला हुन लागेको हो ।

तीन दिने जिल्ला सभापति भेला बिहीबार सकिने छ । भेलामा पार्टी संगठन, पार्टी विधान र वर्तमान राजनीतिक परिस्थितिका बारेमा जिल्ला सभापतिहरुले जिल्लागत प्रतिवेदन पेश गर्नेछन् ।

कांग्रेसभित्र तीव्र गुटबन्दी मौलाइरहेको सन्दर्भमा नेतृत्वले जिल्ला सभापति भेलामार्फत् पार्टीभित्र आन्तरिक एकताको समेत सन्देश दिने प्रयास गर्ने बताइएको छ ।

भेलाको पहिलो दिन उद्घाटन सत्र हुने छ भने दोस्रो दिन भोलि बिहानैदेखि बन्दसत्र शुरु हुने कार्यक्रम छ । बन्दसत्रमा जिल्ला सभापति र केन्द्रीय सदस्य सहभागी हुने छन् ।

तीन तहका निर्वाचनमा पराजित भएपछि कांग्रेसभित्र आन्तरिक द्वन्द्व तिव्र भएको छ । अहिलेको जिल्ला सभापतिहरुको भेलामा आन्तरिक द्वन्द्व व्यवस्थापनको कामसमेत गरिने बताइएको छ ।

त्यसैगरी कांग्रेसलाई संघीय संरचनाअनुसारको बनाउने विषयमा पनि भेलामा छलफल हुनेछ ।

यसअघि कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवा तथा उनी इतरका समूहबीचमा ध्रुवीकण देखिएको थियो । सभापतिहरुको भेलामा पनि यो ध्रुवीकरण देखिने सम्भावना छ ।

दुवै पक्ष आ–आफ्नो रणनीतिअनुसार भेलामा सहभागी भएका छन् ।