एक सातासम्मको आमहडताल गत सोमबार स्थगित गरेर शान्तिपूर्ण कार्यक्रम सन्चालन गर्दै आएका धनकुटावासीले बिहीबार जिल्ला बन्द आह्वान गरेका हुन् । सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरेको भन्दै धनकुटेलीले दबाब दिन बन्द आह्वान गरिएको बताएका छन् । बन्दका कारण कोसी राजमार्गसहित हिले–भोजपुर, बसन्तपुर–म्याङलुङ सडक पूर्णरुपमा ठप्प छन् । धनकुटाका सम्पूर्ण बजार पनि बन्द छन् ।…