
काठमाडौं, असार २ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वाम नेतृत्वको वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।
पछिल्लो समय स्वतन्त्र न्यायपालिका र प्रेसमाथि देखिएको हस्तक्षेपले सरकार निरंकुशतातर्फ उन्मुख रहेको संकेत देखाएको भन्दै नेता कोइरालाले सरकारको निरंकुशता केही समयभित्रै छरपस्ट देखिने जिकिर गरे ।
नेपाली कांग्रेस पाल्पा–काठमाडौं सम्पर्क समितिको अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै नेता कोइरालाले कांग्रेसको वर्तमान नेतृत्वले वामपन्थीको सर्वसत्तावाद रोक्न नसक्ने दाबी गरे ।
नेता कोइरालाले नेतृत्वकै कारण कांग्रेस पराजित भएको भन्दै नेतृत्व सच्चिन तयार नभए कांग्रेसलाईमात्र नभइ समग्र मुलुककै राजनीति समस्यामा पर्ने टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस्