५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


मन्त्रीहरु प्रतिनिधिसभा बैठकमा अनुपस्थित, सभामुखबाट मन्त्रीको ध्यानाकर्षण


0
Shares

काठमाडौं, असार ३ । सभामुख कृष्णबहादुर महराले विषयगत मन्त्रालयका सम्बन्धित मन्त्रीको संसद् बैठकमा उपस्थिति नभएकोमा मन्त्रीहरुको ध्यानाकर्षण गराएका छन् ।

विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा संसद् बैठकमा सम्बन्धिन मन्त्रालयका मन्त्रीको उपस्थिति नभएपछि सभामुखले ध्यानाकर्षण गराएका हुन् ।

विनियोजन विधेयक, २०७५ अन्तर्गत बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, शहरी विकासमन्त्री मोहमदस्तिका राई र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत उपस्थित थिएनन् ।

बैठकमा सांसद अमरेशकुमार सिंहले विषयगत मन्त्रालयका मन्त्रीको उपस्थित नभएकाले बैठकको कुनै औचित्य नहुने भन्दै सभामुखको ध्यानाकर्षण गराएपछि सभामुखले १५ मिनेटका लागि संसद् बैठक स्थगन गरेका थिए ।