एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल(प्रचण्ड)ले आज छलफल गरी चार बुँदे मापदण्ड तयार पारेका हुन् । ओली निवास बालकोटमा आज भएको छलफलमा प्रदेशसभा गठन र राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशसभा र स्थानीय तहमा दुवै दलले प्राप्त गरेको मतलाई आधार बनाएर उम्मेदवार चयन गर्ने, विभिन्न ठाउँ र समुदायका प्रभावशाली व्यक्तिलाई प्राथमिकता दिने, पार्टी एकताको…