
काठमाडौं, असार १ । नेपाली कांग्रेसनिकट नेपाल ट्रेड युनियन कांग्रेसको जारी छैंठौं महाधिवेशनमा आज मतदान हुँदैछ ।
बिहान १० बजेदेखि मतदान हुने भनिए पनि दिउँसो १ बजेदेखि मात्र मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा खिलानाथ दाहाल र पुष्कर आचार्य अध्यक्षको प्रतिस्पर्धामा छन् । दुबै समूहले आ–आफ्नो प्यानलको प्रचार प्रसार गरिरहेका छन् । निर्वाचन समितिले आज अबेरसम्म मतदान सकाएर मतगणना थाल्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्