
काठमाडौं, असार २ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकारको अधिनायकवाद नेपाली कांग्रेसले टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् ।
नेपाली कांग्रेस पर्वत–काठमाडौं सम्र्पक मञ्चले आज काठमाडौंमा गरेको कार्यक्रममा उहाँले अधिनायकवादका विरुद्ध लड्नका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।
उनले अधिनायकवादका विरुद्ध संघर्ष गर्दै आएको नेपाली कांग्रेसका लागि कुनै पनि अधिनायकवाद असैह्य हुने बताए ।
वरिष्ठ नेता पौडेलले पार्टीभित्रको गुट–उपगुटको अन्त्य गरेर पाँच वर्षभित्र नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने संकल्प लिएको पनि बताए ।
आर्थिक समृद्धि नेपाली कांग्रेसको एजेन्डा भएको भन्दै उनले सरकारले जनतामाथि भ्रमको खेती गरी रहेको आरोप पनि लगाए ।
प्रतिक्रिया दिनुहोस्