
काठमाडौं, असार १ । प्रधानमन्त्री केपी ओलीले राष्ट्र र जनताको सर्वोपरी हित नै सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले शुरु गरेको प्रथम विज्ञान सूचना प्रविधि राष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि र विकासको बाधक तत्वलाई पराजित गर्दै सरकार अघि बढ्ने बताए ।
विज्ञान र प्रविधिको विकासले समृद्धिको सपना साकार हुने भन्दै उनले आत्मविश्वासका साथ राष्ट्रको सेवामा लाग्न युवा वैज्ञानिकहरुलाई आग्रह गरे ।
प्रधानमन्त्री ओलीले गरिबी, बेरोजगारी र पछौटेपनलाई जरैदेखि उन्मूलन गर्न आवश्यक रहेको बताउँदै विज्ञानको प्रयोगले सोचेजस्तो उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे ।
तीन दिनसम्म चल्ने सम्मेलनमा तीन सयभन्दा बढी युवा वैज्ञानिकको सहभागिता छ ।
प्रतिक्रिया दिनुहोस्