ओली–सी भेटवार्ता आज • Image Khabar Image Khabar


ओली–सी भेटवार्ता आज


Imagekhabar
५ असार २०७५, मंगलवार २०:३७

ओली–सी भेटवार्ता आज

काठमाडौं, असार ६ । चीनको ६ दिने औपचारिक भ्रमणका रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार चीनका राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

चीनको ‘ग्रेट हल अफ द पिपल’मा राष्ट्रपति सीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

त्यसअघि, प्रधानमन्त्री ओलीले बेइजिङस्थित नेपाली दूतावासमा चीनमा बस्दै आएका नेपाली समुदाय तथा नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणकाक्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी ली खछ्याङसँग प्रतिनिधिमन्डलस्तरीय द्विपक्षीय वार्ता पनि गर्नेछन् । त्यसक्रममा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्नेछन् भने तिब्बतका प्रान्तीय नेतासँग पनि भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्