
काठमाडौं, असार ६ । राष्ट्रिय जनता पार्टी नेपालले ६ महिनाभित्र केन्द्रीय महाधिवेशन गर्ने गरी तयारी थालेको छ ।
राजपा केन्द्रीय कार्यालय बबरमहलमा बसेको राजनीतिक समितिको बैंठकले ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णण गरेको हो । राजपाको राजनीतिक समितिको बैठकमा निर्वाचन आयोगको समय सीमा र पार्टीको अनुकुलता हेरी ६ महिनाभित्र महाधिवेशन गर्नेबारे छलफल भएको हो ।
बैठकमा उपस्थित अधिकांश नेताले पार्टी र संसदीय दलको विधान तयार पारी महाधिवेशनको मिति तय गरिनुपर्नेमा जोड दिएको नेता शरदसिंह भण्डारीले जानकारी दिए ।
त्यसैगरी ओली सरकार जनताप्रति अनुत्तरदायी भएको र मधेशको मुद्दामा सकारात्मक नभएको निश्कर्ष राजपाले निकालेको छ । अधिकांश नेताले सरकारको आलोचना गरेका थिए ।
राजनीतिक मुद्दाको समाधान र संविधान संशोधन नभएसम्म सरकारमा सहभागी हुन नहुने भन्दै ओली सरकार अधिनायकवादतिर ढल्केको आरोप उनीहरुले लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्