काठमाडौं, साउन १५ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालका कम्युनिस्टहरुलाई ‘बोका’को संज्ञा दिएका छन् । नेपाली कांग्रेस काठमाडौंले मंगलबार रत्नपार्कस्थित शान्तिबाटिकामा गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले आफ्ना पिता स्व. गणेशमान सिंहको भनाइ उद्धृत गर्दै ‘कांग्रेस हात्ती हो । हात्ती दुब्लाउनु र कम्युनिस्ट बोकाहरु मोटाउँदैमा बराबर हुनसक्छ र ?’ भन्ने प्रश्न गरे । डा. गोविन्द…