
ललितपुर, साउन १५ । नेपाली कांग्रेसले मंगलबार ललितपुरमा पनि सरकारको आलोचना गर्दै विरोध प्रदर्शन गर्यो ।
कम्युनिस्ट सरकारले बढाएको सबै प्रकारको कर फिर्ता लिनुपर्ने माग प्रदर्शनकारीको थियो ।
ललितपुरको पुल्चोकबाट सुरु भएको विरोध प्रदर्शन मंगलबजार हुँदै लगनखेलमा पुगेर कोणसभामा परिणत भएको थियो ।
वृद्धाभत्तामा ६५ वर्ष लागू गर्नुपर्ने, पूर्ववर्ती शेरबहादुर देउवा सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेश जस्ताको तस्तै पारित गर्नुपर्ने उनीहरुको माग थियो ।
प्रतिक्रिया दिनुहोस्