२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


पोखरामा कांग्रेसको विरोध प्रदर्शन, ट्राफिक व्यवस्था अस्तव्यस्त


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, साउन १५ । नेपाली कांग्रेस कास्कीले मंगलबार पोखरामा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

लोकतान्त्रिक मूल्य–मान्यताविपरीत सरकार अधिनायकवादी बाटोमा अघि बढेको भन्दै खबरदारीका लागि विरोध प्रदर्शन गरिएको कांग्रेसले जनाएको छ ।

पोखराको पृथ्वीचोकबाट सुरु भएको प्रदर्शन बीपीचोक पुगी कोणसभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य जीवन परियार, आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसी, पूर्वमन्त्री यज्ञबहादुर थापालगायतले महँगी, करवृद्धिको विरोध गरेका थिए ।

सरकारले महँगी रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको, निषेधित क्षेत्र तोक्दै नागरिक अधिकारको हनन् गरेको तथा संवैधानिक अंगमा हस्तक्षेप गरेको आरोपसमेत उनीहरुले लगाए ।

प्रदर्शनकाक्रममा पोखराको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो ।

सहरका मुख्य व्यस्त बजार, पृथ्वीचोक, न्यूरोड र चिप्लेढुंगामा प्रदर्शन गरिएपछि सो क्षेत्रमा आवत–जावत गर्ने सवारी–साधनहरु दिनभर अस्तव्यस्त बनेका हुन् ।