बिराज रोस्यारा (इमेज):कैलाली, फागुन ३ । ७ नम्बर प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशप्रमुख मोहनराज मल्लले माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मल्लले बिहीबार मध्याह्न १२ बजे भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।…