१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


‘कांग्रेस हात्ती हो, कम्युनिस्ट बोकाहरु मोटाउँदैमा बराबर हुनसक्छ ?’ (भिडियो)


0
Shares

काठमाडौं, साउन १५ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालका कम्युनिस्टहरुलाई ‘बोका’को संज्ञा दिएका छन् ।

नेपाली कांग्रेस काठमाडौंले मंगलबार रत्नपार्कस्थित शान्तिबाटिकामा गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले आफ्ना पिता स्व. गणेशमान सिंहको भनाइ उद्धृत गर्दै ‘कांग्रेस हात्ती हो । हात्ती दुब्लाउनु र कम्युनिस्ट बोकाहरु मोटाउँदैमा बराबर हुनसक्छ र ?’ भन्ने प्रश्न गरे ।

डा. गोविन्द केसीले नै दुईतिहाइको दम्भ तोडिसकेको भन्दै नेता सिंहले ‘सरकारले आफ्नो चिहान आफैं खनिरहेको छ’–भने ।

विरोधसभालाई सम्बोधन गर्दै अर्का कांग्रेस नेता डा. प्रकाशशरण महतले सरकारले सबै निकायमा हस्तक्षेप गरिरहेको आरोप लगाए ।

त्यसअघि, शान्तिबाटिकाबाट सुरु भएको विरोधर्‍याली भोटाहिटी, असन, इन्द्रचोक, न्यूरोड, महांकालस्थान, वीर अस्पताल हुँदै पुनः शान्तिबाटिकामा पुगेर विरोधसभामा परिणत भएको थियो ।

विरोधर्‍यालीका सहभागीहरुले महँगी नियन्त्रण, करवृद्धि फिर्ता र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न माग गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

भिडियो हेर्नुहोस्