
काठमाडौं, साउन १४ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संगठन तथा संरचना सरकारले स्वीकृत गरेको छ ।
सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गर्दै दुवै मन्त्रालयको जिम्मेवारी तत्काललाई मन्त्री चक्रपाणि खनाललाई दिने निर्णयसमेत गरेको हो ।
बैठकले विभिन्न १७ ओटा विधेयक मन्त्रिपरिषदको विभिन्न समितिमा पठाउने निर्णयसमेत गरेको छ ।
यस्तै, नेपाल–भारत वाणिज्य सन्धिको पहिलो बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुको नेतृत्वमा ८ सदस्यीय टोली पठाउने र सो सम्बन्धमा हस्ताक्षर गर्ने अख्तियारी पनि सैंजुलाई दिने निर्णय पनि बैठकले गरेको सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्