सोमबार काठमाडौंमा माओवादीका स्वर्गीय सांसद भक्ति पाण्डेको पुस्तक ‘चाचा’को विमोचन कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र भट्टराई दुबैले आफूहरुबीच कुनै वैमनस्यता नरहेको भन्दै परिस्थितिले आफूहरुलाई एकै ठाउँमा ल्याउन बाध्य पारेको बताए । प्रधानमन्त्री दाहालले माओवादीलाई बाबुराम र बाबुरामलाई माओवादी आवश्यकता रहेको भन्दै यसका लागि आफूले पछिल्लो समयमा दिनहुँजसो बाबुराम भट्टराईसँग छलफल गरिरहेको…