
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गर्न माग गर्ने निर्णय गरेको हो ।
बैठकले स्थानीय तह या निकाय जुनसुकै तहको निर्वाचन गरे पनि हुने निर्णय गरेको कांग्रेस महामन्त्री शशांक कोइरालाले जानकारी दिए ।
बैठकले निर्वाचन आयोगमा रिक्त पदाधिकारी तत्काल नियुक्त गर्न र निर्वाचनका लागि आवश्यक कानुन संसदबाट पारित गर्न दबाब दिने निर्णय पनि गरेको छ ।
त्यसैगरी, बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसद सुचारु गर्न दबाब दिने निर्णय गरेको छ ।
बैठकले निरन्तर संसद स्थगित नगर्न सभामुखलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्