१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


दाहाल र बाबुरामले गरे आफूहरुबीच कुनै वैमनस्यता नभएको घोषणा (भिडियोसहित)


0
Shares

सोमबार काठमाडौंमा माओवादीका स्वर्गीय सांसद भक्ति पाण्डेको पुस्तक ‘चाचा’को विमोचन कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र भट्टराई दुबैले आफूहरुबीच कुनै वैमनस्यता नरहेको भन्दै परिस्थितिले आफूहरुलाई एकै ठाउँमा ल्याउन बाध्य पारेको बताए ।

प्रधानमन्त्री दाहालले माओवादीलाई बाबुराम र बाबुरामलाई माओवादी आवश्यकता रहेको भन्दै यसका लागि आफूले पछिल्लो समयमा दिनहुँजसो बाबुराम भट्टराईसँग छलफल गरिरहेको बताए ।

कार्यक्रममा नयाँ शक्ति नेपालका संयोजक डा. भट्टराईले पनि विगतका उपलब्धि समाप्त पार्न विभिन्न समूह सक्रियरुपमा लागेको भन्दै माओवादी मिल्नुको विकल्प नभएकोमा जोड दिए ।

दाहालतर्फ लक्षित गर्दै भट्टराईले विगतकै कार्यशैली र आधारबाट एकता असम्भव भएको भन्दै त्यसका लागि नयाँ मिलनबिन्दू खोज्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले स्वर्गीय नेता भक्ति पाण्डेको चाहना पनि आफू र बाबुराम भट्टराई एउटै पार्टीमा रहून् भन्ने रहेको स्मरण गर्दै यसबीचमा कुनै चलखेल नभए आफूहरु निकट भविष्यमै एक हुनसक्ने सम्भावना औंल्याए ।

२०७२ साल असोज ९ गते तत्कालीन एकीकृत माओवादीबाट अलग भएको घोषणा गर्दै भट्टराईले नयाँ शक्ति नेपाल नामक पार्टी गठन गरेपछि दाहाल र भट्टराई सोमबार पहिलोपटक सार्वजनिक कार्यक्रममा एउटै मञ्चबाट बोल्दै थिए ।

भिडियो हेर्नुहोस्