राष्ट्रिपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन सुरु भएको हो । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा पेस भएको छ । नियमावली समितिका सभापति कृष्णभक्त पोखरेलले मस्यौदा पेस गरेका हुन् । संसदीय समिति १० नभइ ७ बनाउनुपर्ने मागसहित नेपाली कांग्रेसले असहमति राखेको छ । नियमावलीको मस्यौदामा संसदीय समिति १० ओटा बनाउने उल्लेख…