Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


प्रधानमन्त्री ओली किन बालुवाटारभित्रै सीमित ? कस्तो छ उनको स्वास्थ्य ! (भिडियो)


0
Shares

काठमाडौं, मंसिर २ । दशैंलगत्तै बिरामी भएका प्रधानमन्त्री केपी ओली अझै सार्वजनिक कार्यक्रमहरुमा सहभागी भएका छैनन् । उपचारका लागि एक साता अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई केही दिन आराम गर्नुपर्ने भन्दै चिकित्सकहरुले डिस्चार्ज गरेको पनि दुई साता बितिसकेको छ । तर, प्रधानमन्त्री ओली अझै बालुवाटार निवासबाट बाहिर निस्किएका छैनन् ।

दशैंपछि प्रधानमन्त्री कार्यालय सिंहदरबारसमेत नगएका प्रधानमन्त्री ओलीले सबै काम निवासबाटै गरिरहेको उनको सचिवालयले जनाउँदै आएको छ । मन्त्रिपरिषदका बैठकहरु पनि बालुवाटारमै बस्ने गरेको छ ।

गत शुक्रबार आप्रवासी कामदार सम्बन्धी कोलम्बो प्रोसेस बैठकको उद्घाटन गर्ने प्रधानमन्त्री ओलीको कार्यक्रम एकाएक रद्द गरियो । जसबाट प्रधानमन्त्री ओली पूर्ण रुपमा स्वस्थ नभईसकेको हो कि भन्ने आशंका उब्जिएको छ ।

के प्रधानमन्त्री ओली अझै पूर्ण रुपमा स्वस्थ्य नभएकै हो ? के भन्छन् उनका नीजि चिकित्सक ?

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्