Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


जनताले महसुस गर्ने गरी सरकारले अब काम गर्छ : मन्त्री अधिकारी


0
Shares

दोलखा, मंसिर २ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले विगतमा कांगे्रस सरकारले बिगारेको कामलाई ब्यवस्थित बनाउन समय लागेकोले वर्तमान सरकारले काम गर्न नसकेजस्तो देखिएको बताएका छन् ।

दोलखाको चरिकोटमा आयोजित राष्ट्रिय विभूति शंखधर साख्वाको सालिक अनावरण कार्यक्रममा उनले सरकारलाई गाली गर्नेहरुलाई सरकारले काम गरेर जवाफ दिने बताए ।

उनले वर्तमान सरकार गठन भएपछि बाह्य पर्यटक आगमन २४ प्रतिशतले बृद्धि भएको बताए । सरकारले राम्रा काम गरे पनि नागरिकले प्रत्यक्षरुपमा देखिने गरी विकास नभएको भन्दै उनले जनताले देख्ने विकास गर्न अब सरकारले आफ्नो समय खर्चिने बताए ।

सन् २०१९ सम्ममा काठमाडौंलाई विश्वको पाँचौं गन्तव्यस्थल बनाउन सरकार लागिपरेको उनको भनाइ थियो ।