
नविन शर्मा
काठमाडौं, मंसिर २ । राष्ट्रलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउँछु भन्ने दलहरु यतिबेला आन्तरिक राजनीतिमा रुमल्लिरहेका छन् । यसले गर्दा उनीहरुका चुनावी प्रतिबद्धताप्रति विभिन्न आशंकाहरु उत्पन्न हुन थालेका छन् ।
राजनीतिक अस्थिरताबाट विश्राम लिदै मुलुक स्थिरतातर्फ अग्रसर भएको छ । निर्वाचनपछि जनताले नै चुनेका जनप्रतिनिधिहरुले यतिबेला मुलुकको बागडोर सम्हालिरहेका छन् । प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा बनेको सरकारप्रति जनताको ठूलो भरोसा र विश्वास स्वाभाविक देखिन्छ । चुनाव अघि घोषणापत्र मार्फत देखाएका विकास र समृद्धिको सपना सबैलाई सर्वविदितै छ ।
दलका नेताहरुले गरेका चुनावी प्रतिवद्धता जनताले भुलेका छैनन् ।
सरकारको कामलाई जनताले ८ महिनादेखि नियालेर हेरिरहेका छन् । सरकारको गतिविधि र आचरणले जनताको मन भने जित्न सकिरहेको छैन । उनीहरु प्रति प्रश्न गर्छन्– आफ्नो काम कर्तव्यवाट सरकार किन उदासिन बनिरहेको छ ?
सरकार आफ्नो लक्ष्यबाट पन्छिदा आलोचित बन्नुपरेको भनाइ राजनीतिक विश्लेषकहरुको पनि रहेको छ । जनताको जस्तै राजनीतिक विश्लेषकहरुको पनि प्रश्न छ–आफैँले गर्छु भनेका काम गर्न पनि दल र सरकार किन उदासिन छन् ?
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्