विराटनगर, मंसिर २ । कोइराला परिवारका तीन सदस्यले नेपाली कांग्रेसको गुमेको साख फर्काएर छाडने प्रतिबद्धता जनाएका छन् ।
विराटनगरमा गिरिजाप्रसाद कोईराला फाउन्डेशन प्रदेश नम्बर १ को कार्यालय उद्घाटन गर्दै कांग्रेस महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र नेतृ सुजाता कोइरालाले पार्टीको साख फर्काउने प्रतिवद्धता जनाएका हुन् ।
महामन्त्री कोईरालाले कांग्रेस अझै बिपी र गिरिजाप्रसाद कोइरालाकै बाटोमा अगाडी बढ्ने दाबी गरे । त्यसका लागि कोइरालाहरु एक भएरै अगाडि बढ्ने उनको भनाइ थियो ।
डा. शेखर कोइरालाले कांग्रेसमा संवादहीनताका कारण पार्टीभित्र समस्या देखापरेको बताए ।
त्यस्तै सुजाता कोइरालाले राष्ट्रियता र एकताको भावना कायम गर्दै सम्बृद्ध नेपाल निर्माणमा सहयोग गर्न कोइरालाहरुको एकता भएको बताइन् ।









प्रतिक्रिया दिनुहोस्