Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल


0
Shares

काठमाडौं ।

मेष: दिन त्यति शुभ देखिँदैन । धन नाश, विनाकाममा खर्च, मन चञ्चल, दौडधूप हुन सक्छ ।

वृष: दिन शुभ छ । उपहार प्राप्ति, मीठो भोजन, कार्य सफलताको सम्भावना छ ।

मिथुन: सजग रहनुहोला । दिन अशुभ भएकाले धन नाश, चोटपटक, समस्या आउन सक्छ ।

कर्कट: दिन बलवान् छ । विविध वस्तु–सेवा प्राप्ति, आर्थिक लाभ, पारिवारिक सुख होला ।

सिंह: सुख–सन्तोष, कार्य सफल, स्वास्थ्य लाभ, आनन्दले मन प्रफुल्लित हुने देखिन्छ ।

कन्या: दिन शुभ देखिँदैन । राज्यबाट डर, प्रतिष्ठामा आघात, व्यापारमा समस्या आउन सक्छ ।

तुला: अशुभ समयले गर्दा रोगव्याधि, कष्ट, काममा बाधा, धन हानि हुने सम्भावना छ ।

वृश्चिक: दिन उत्तम छ । धन लाभ, यश वृद्धि, वाहन प्राप्तिको सम्भावना देखिन्छ ।

धनु: समय अनुकूल छ । आर्थिक लाभ, प्रतियोगिता–पढाइमा सफलता, विजयको सम्भावना छ ।

मकर: सजग रहनुस् । शोक–सन्ताप, कार्य असफल, वायुजन्य रोग हुने सम्भावना छ ।

कुम्भ: खानपानले पेट–रोगको सम्भावना, दिनचर्या अस्तव्यस्त, तनाव नहोला भन्न सकिन्न ।

मीन: दिन शुभ छ । पैसा लाभ, पराक्रम, उन्नति, मान–सम्मान, सुख–सन्तोष होला ।

Skip This