स्थानीय तह पुनःसंरचना आयोगका गुनासा अध्ययन गरी सरकारलाई सुझाव पेस गर्न गठित समितिले सोमबार सिराहा र धनुषा जिल्लाबाट व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरेको हो । छलफल संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा स्थानीय विकास मन्त्रालयमा भएको थियो । छलफलमा सबै दलका सांसदको उपस्थिति हुन नसकेपछि संयोजक मन्त्री पाण्डेले जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै…