२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राष्ट्रपतिले आज प्रमुख १० दलका शीर्ष नेताहरुसँग छलफल गर्ने


0
Shares

मुलुकको राजनीतिक गतिरोध लम्बिँदै गएपछि राष्ट्रपति भण्डारीले विभिन्न दलका नेताहरुसँग परामर्श गर्न लागेकी हुन् ।

राष्ट्रपति भण्डारीले अपराह्न ४ बजे नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम लगायतका १० दलका शीर्ष नेताहरुलाई बोलाएकी हुन् ।

त्यस क्रममा उनले समसामयिक राजनीतिक विषयमा छलफल गर्नुहुने बताइएको छ ।

राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयन र निर्वाचनको मिति घोषणालगायतका विषयमा दलहरुलाई समान धारणा बनाउन आग्रह गर्ने तयारी गरेकी छन् ।

यसअघि राष्ट्रपति भण्डारीले दलीय सहमति गरी निर्वाचन घोषणा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतको ध्यानाकर्षण गराइसकेकी छन् ।